Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपाले रुकुम पश्चिमका छवटै पालिका समिति गठन गर्ने 
फाइल फाेटाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पश्चिमका सवै स्थानीय तहरुमा पालिका समिति गठन गर्ने भएको छ । जिल्ला पार्टी सभापती मानबहादुर शाहीले एक सूचना जारी गर्दै जिल्लाका छ वटै स्थानीय तहमा समिति गठन गर्ने जानकारी बनाउनुभएको हो । पार्टीले यही २६ गतेदेखि ३१ गतेसम्म पालिकामा समिति गठन गरिसक्नु पर्ने कार्यतालिका रहेको जिल्ला पार्टी सभापती शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही साउन २६ गते बाँफिकोट गाउँपालिकाको छिनखेतमा, २७ गते त्रिवेणी गाउँपालिकाको झुलनेटामा, २८ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजारमा पालिका समिति गठनको आयोजना गरिएको छ । त्यस्तै २९ गते आठविसकोट नगरपालिकाको राडी बजारमा, ३० गते सानीभेरी गाउँपालिकाको सिम्लीमा र ३१ गते मुसिकोट नगरपालिकाको खंलगमा पालिका गठन गर्ने गरी तयारी गरिएको रास्वपा रुकुम पश्चिमले जनाएको छ । 

सभापती रवि लामिछाने विरुद्ध राजनितिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियान पनि रुकुम पुर्व र पश्चिममा जारी रहेको पार्टी सभापती शाहीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update