
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बिमैचामा हरितालिका तिजको अवसरमा विविध खेलकुद प्रतियोगिता हुने भएको छ । भदाै ७ गतेदेखि १० गतेसम्म मगर व्वाइज क्लवको आयोजनामा विविध खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । तिजको अवसरमा साविक खुला वडा स्तरिय पुरुष भलिवल, एकल नृत्य, भाले तान, घैटोफोर प्रतियोगिता आयोजना क्लवले जनाएको छ ।
त्यस्तै तिजको अवसरमा आमा समुहको लागि तिज गित र रस्साकस्सी कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सदस्य टेक्सन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गर्ने समुहले २० हजार, दोस्रो स्थान हासिल गर्ने समुहले १० हजार, तेस्रो स्थान हासिल गर्ने समुहले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दर्ता शुल्क २ हजार रहेको छ ।
एकल नृत्य तर्फ प्रथम हुनेले २ हजार, दोस्रो हुनेले १५ सय र तेस्रो हुनेले १ हजार प्राप्त गर्ने छ । दर्ता शुल्क १ सय ५० रहेको छ । त्यस्तै भालेतान प्रतियोगितामा विजेता हुने व्यक्तिले २ हजार बराबरको रातो भाले र घैटौफोर प्रतियोगितामा विजेता हुने व्यक्तिले १५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने पुवले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्थान प्राप्त गर्ने सवैलाई पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र रहेको आयोेजजकले जनाएको छ । आमा समुहरुलाई भने समुहको आधारमा पुरस्कारको व्यवस्था गरिने आयोजक मगर व्वाइज क्लवले जनाएको छ ।