Kakhara सबैको खबर सम्पूर्ण खबर
एक वर्षमा १० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट एक वर्षमा १० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । वितेको आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको विभिन्न ठाउँबाट १० जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको हो । राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत जिल्लामा उपचार सम्भव नहुने अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरी  सुविधा सम्पन्न अस्पतालमा उपचारको लागि पठाइएकाे जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

हेलिकप्टर मार्फत छिटो छरितो उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याउँदा आमा तथा बच्चाको ज्यान जाेगिनुका साथै जोखिम पनि कम हुने भएकाले ग्रामिण क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाहरुको हेलिकप्टर उद्धार बढी प्रभावकारी हुने गरेको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । गर्भवती तथा सुत्केरी महिलालाई  जिल्लामा उपचार सम्भव नहुने तथा अवस्था जटिल भएमा राष्ट्रपती महिला उत्थान कार्यक्रम        अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत निशुल्ल उद्धार गर्ने गरिएको छ ।

हेलिकप्टर मार्फत उद्धार हुने गर्भवती तथा सुत्केरी महिला अन्य स्थानीय तहभन्दा  गत आर्थिक वर्षमा आठविकोट नगरपालिकाका बढी रहेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update