
राष्ट्रिय स्वतन्त्र पार्टी बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको भेला सम्पन्न भएको छ । आज वडा नम्बर ४ को छिनखेतमा भएको भेलाले नयाँ पालिका समिति निर्माण गरेको हो । भेलाले बालकृष्ण गौतमको अध्यक्षतामा १० सदस्यी पालिका समिति निर्माण गरेको जिल्ला पार्टी सभापती मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसभापतीमा गणेश खनाल, सचिवमा प्रविन विक, सहसचिवमा विनोद गौतम र कोषाध्यक्षमा शमशेर कुसारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गमरसिंह खत्री, यमराज विक, प्रकाश केसी, गोविन्द केसी र विमला केसी चयन हुनुभएको छ । भेलामा जिल्ला पार्टी सभापती शााही, काठमाडौ रुकुम सम्र्पक समितिका सभापती विरबहादुर खड्का लगायत रास्वपा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
पार्टीले जिल्लाका छ वटै स्थानीय तहमा भेला मार्फत नेतृत्व चयन गर्ने जनाएको छ । भोली २७ गते त्रिवेणी गाउँपालिकाको झुल्नेटामा भेलाको आयोजना गरिएको छ । त्यस्तै २८ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजारमा, २९ गते आठविसकोट नगरपालिकाको राडी बजारमा, ३० गते सानीभेरी गाउँपालिकाको सिम्लीमा र ३१ गते मुसिकोट नगरपालिकाको खंलगामा भेलाकाे आयोजना गरिएकाे रास्वपा रुकुम पश्चिमले जनाएको छ