Kakhara सबैको खबर सम्पूर्ण खबर
रास्वपा त्रिवेणीको सभापतीमा गणेश केसी चयन 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको पालिका भेला सम्पन्न भएको छ । आज वडा नम्बर ६ को झुल्नेटामा भएको भेलाले नयाँ पालिका समिति निर्माण गरेको छ । भेलाले गणेश केसीको अध्यक्षतामा ९ सदस्यीय पालिका समिति निर्माण गरेको जिल्ला पार्टी सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपसभापतिमा गोपाल ओली, सचिवमा निर्माण केसी, सहसचिवमा गणेश ओली र कोषाध्यक्षमा लीला विक चयन हुनुभएको छ ।  त्यस्तै सदस्यहरूमा जितबहादुर परियार, नरेन्द्र ओली, पहल ओली र दीपेन्द्र केसी चयन हुनुभएको छ । भेलामा जिल्ला पार्टी सभापति शाही सहित काठमाडौँ रुकुम सम्पर्क समितिका सभापति वीरबहादुर खड्का लगायत रास्वपा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

हिजो बाँफिकोट गाउँपालिकामा पालिका समिति निर्माण गरेको रास्वपाले आज त्रिवेणी गाउँपालिकामा समिति निर्माण गरेको हो । भोली २८ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजारमा, २९ गते आठविसकोट नगरपालिकाको राडी बजारमा, ३० गते सानीभेरी गाउँपालिकाको सिम्लीमा र ३१ गते मुसिकोट नगरपालिकाको खलङ्गामा भेला आयोजना गरिएको रास्वपा रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update