
सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन भएको छ । संघको तेस्रो अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको अधिवेशन शुक्रबारबाट सुरु भएको थियो ।
शनिबार बिहान सकिएको अधिवेशनले खोटाङका इच्छुराम रानामगर सभापति रहनेगरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपसभापतिमा ३ सदस्य छन् भने १ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष छन् ।
उपसभापति तीन मध्ये एक रुकुम पश्चिमका जनककुमार बाँठा ‘जेके’ निर्वाचित हुनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ निवासी बाँठा बाँफिकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएको छ ।
त्यस्तै महाधिवेशनले ८ खुला सदस्य र अन्य प्रदेशमा सदस्यहरू चयन गगरेको निर्वाचन समितिका संयोजक अमरसिंह पुनले जानकारी दिनुभयो ।