सरकारकै कारण जनतामा ठुलाे असन्तुष्टि बढेकाे छ: उपमहासचिव शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतामा ठुलो असन्तुष्टि प्रकट भइरहेको बताउनुभएकाे छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनतामा बढ्दो असन्तुष्टि ठुलो चुनौती बन्दै गइरहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘संसद्, सरकार र संवैधानिक अदालतको गतिविधिहरूका कारण जनतामा असन्तुष्टि व्यक्त भइरहेको छ। यो हाम्रो लागि चुनौती हो। राज्य र राजनीतिको लागि पनि चुनौती हो त्यसप्रति हामी सचेत बन्नुपर्छ।’
जनअपेक्षित काम नभएकै कारणले प्रश्न उठेको बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ १४:१३
प्रतिक्रिया दिनुहोस्