Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रम तथा उत्पादनमा वाइसीयल: त्रिवेणीमा सरसफाइ

श्रम तथा उत्पादनमा वाइसीयल अभियान अन्तर्गत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सरसफाइ गरिएको छ । वडा नम्बर २ को त्रिवेणी मावि सिम्रुतुमा सरसफाइ गर्दै गाउँपालिकामा अभियानको सुरुवात गरिएको वाइसीयल रुकुम पश्चिमका अध्यक्ष एलबी कटुवालले जानकारी दिनुभयो । 

विद्यालय परिषरमा रहेको फोहर व्यवस्थापन गरिएको उहाँको भनाइ छ । सरसफाइ पछि सङ्गठनको पालिका बैठक समेत बसेको थियो । 

सङ्गठनका त्रिवेणी गाउँपालिका अध्यक्ष सुरेश पुनको अध्यक्षतामा भएको कार्यक्रम तथा बैठकमा पार्टीका केन्द्रीय सदस्य झक्कुप्रसाद घर्तीको प्रमुख र सङ्गठनका कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण ओलीको विशेष आतिथ्यता रहेको थियो । 

सङ्गठनका जिल्ला अध्यक्ष एलबी कटुवाल, पार्टीका जिल्ला समन्वय समिति सदस्यहरू पदम बस्नेत, शेरबहादुर खड्का, पार्टीका पालिका उपाध्यक्ष रनबहादुर खड्का, गाउँ कमिटी सदस्य दिपेश घर्ती, सङ्गठनका कर्णाली प्रदेश सदस्य यमुना पुन, जिल्ला उपाध्यक्ष  रमेश गिरी, सचिव  सन्देश विक, कोषाध्यक्ष सन्तोष विक, चौरजहारी नगरपालिका अध्यक्ष प्रदीप मल्ल लगायतको आतिथ्यता रहेको थियो ।  

केन्द्रीय सर्कुलर अनुसार रुकुम पश्चिममा मङ्गलवार श्रम तथा उत्पादनमा वाइसीयल अभियान शुभारम्भ भएको हो । यो अभियान जिल्लाका सबै पालिकामा सञ्चालन हुने वाइसीयल रुकुम पश्चिमले जनाएको छ । अभियान २ महिनासम्म सञ्चालन हुने छ भने अभियान अन्तर्गत विभिन्न सामाजिक कामहरू हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update