Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा वाइसीयलको अभियान सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पनि योंग कम्युनिष्ट लिग वाइसीयलको 'श्रम तथा उत्पादनमा वाइसीयल' अभियान सुरु भएको छ । आज वडा नम्बर ५ स्थित सहिद प्रतिष्ठानको सभाहल परिषरमा सरसफाइ गर्दै अभियानको सुभारम्भ गरिएको हो । 

यो अभियान अन्तर्गत नगरपालिकामा विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन हुने वाइसीयल मुसिकोटले जनाएको छ । प्रतिष्ठान परिषरमा रहेका झाडी सफाइ गरिनुका साथै फोहर व्यवस्थापन गरिएको हो । 

उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष शैलेशकुमार शर्मा, नगर पार्टी अध्यक्ष दलबहादुर खड्का, सचिव नारायण केसी, सङ्गठनका प्रदेश कमिटी सदस्य यामकुमारी पुन, राजु बिक, अनिल खड्का, जिल्ला उपाध्यक्ष रमेश गिरी, चौरजहारी नगर कमिटी अध्यक्ष प्रदिप मल्ल, जिल्ला समिती सदस्यहरु कमला खड्का बिकास परियार लगायतको उपस्तिथि रहेको थियो । 

कार्यक्रमको सन्चालन वाइसीयलका नगर सचिव गणेश पाण्डेले गर्नुभएको थियो ।

केन्द्रीय सर्कुलर अनुसार रुकुम पश्चिममा मङ्गलवार श्रम तथा उत्पादनमा वाइसीयल अभियान शुभारम्भ भएको हो । यो अभियान जिल्लाका सबै पालिकामा सञ्चालन हुने वाइसीयल रुकुम पश्चिमले जनाएको छ ।

अहिलेसम्म चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा शुभारम्भ भइसकेको छ । अब सानीभेरी र बाँफिकोट गाउँपालिकामा बाँकी छ । अभियान २ महिनासम्म सञ्चालन हुने छ भने अभियान अन्तर्गत विभिन्न सामाजिक कामहरू हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update