मुसिकोट १० का चार घरमा पहिरोले क्षेती, आठ घर पहिरोको उच्च जोखिममा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा लगातार वर्षाको कारण चार घर भत्किएका छन् । घर माथीबाट आएको पहिरोको कारण चौर टोलका चार घर भत्किएका हुन् । पहिरोले तल्लो चौर टोलका गणेश ओली, उमेश ओली, शेरबहादुर ओली र लालबहादुर ओलीको घर भत्किएको वडा अध्यक्ष धनबहादुर खड्का `बसन्त´ले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले गणेशको घरमा रहेका तीन बाख्रा, एक खसी, खाद्यन्नसहित लत्ताकपडा पहिरोले घरसँगै पुरेको छ । आठ घर परिवार भने पहिरोको उच्च जोखिममा रहेका छन । पहिरो शुक्रबार बिहान गएकाले मानवीय क्षेती भने भएको छैन् । उक्त गाउँमा पहिरोको जोखिम रहेकाले स्थानीयलाई सुरक्षित ठाँउमा बस्न सचेत बनाइएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ २२:२८
प्रतिक्रिया दिनुहोस्