
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ छिबाङकि ४२ वर्षिया क्यान्सर पीडीत सिर्जना रोकाको उपचारका लागि सहयोगको याचना गरिएको छ । विगत ३ महिनादेखि प्यान्क्रियाज क्यान्सरबाट पीडित रोकाको उपचारको सहयोगको याचना गरिएको हो । रोकाको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान ललतिपुरमा उपचार भइरहेको छ ।
रोकाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गरिएको उहाँका भन्दा सुसन महताराले जानकारी दिनुभयो । उहाँका अनुसार रोकाले हालसम्म आफ्नै खर्चले उपचार गर्दै आउनुभएको थियो । घरपरिवारको आर्थिक अवस्थाले उपचार सम्भव नभएपछी सहयोगको याचना गरिएको उहाँले जानकारी दिनुभयो ।
उपचारका क्रममा घरमा भएको पैसा सकिएको र सबैले सहयोग गरी फुपुको जिवन बचाइदिन उहाँले आग्रह गर्नुभएको छ । सहयोगको लागि उहाँको भदा सुसन महताराको एन आई सी एसिया बैकमा रहेको खाता नम्बर ००७८७५०६७८८२३००१ मा सहयोग गर्न आग्रह गरिएको छ ।