
रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका वडा नम्बर ९ चौताराकी ८ वर्षीया मोनिश्री चन्दले अन्तराष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । उहाँलाई खेलकुद र नृत्यमा यस वर्षको उत्कृष्ट तेक्वान्दो खेलाडी र उत्कृष्ट नृत्याङ्गना विधा २०२५ बाट सम्मानित गरिएको हो । चन्द हाल काठमाडौस्थित क्यानभास बसन्त ऋतु स्कुलमा अध्ययनरत हुनुहन्छ ।
काठमाडौमा आयोजित साउथ एशियन विजनेस पार्टनरसीप समिटका अवसरमा अन्य प्रतिस्पर्धीसङ्गै तेक्वान्दो खेलाडी र डान्स स्टार चन्द पनि सम्मानित हुनुभएको होे । सम्मान समारोहको आयोजना आभा फाउन्डेसन नेपालले गरेको थियो । चन्दले सानै उमेरमा भारतमा सञ्चालित सातौं एसिया कप खुला अन्तराष्ट्रिय तेक्वान्दोमा प्रथम हुँदै देशका लागि गोल्ड मेडल जितेकाले र नृत्य विधामा पनि उत्कृष्ट भएकाले अवार्ड प्राप्त गर्नुभएको हो । चन्द सानै उमेरमा खेलकुद र नृत्य प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक प्राप्त गर्दै आउनुभएको छ ।
सम्मानित भएको अवरमा त्रिवेणी गाउँपालिकाले समेत पालिकासँगै समग्र रुकुम पश्चिमको शिर उच्चो बनाएको भन्दै बधाई ज्ञापन गरेको छ । त्रिवेणी ९ चौचारा निवासी मोनिश्री बुवा मोहन कुमार चन्द र आमा नितु शाह चन्दकी छोरी हुनुहुन्छ ।