आज दिनभर खलङ्गा बजार र आसपासमा बिद्युत् अवरुद्ध

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलङ्गा बजार र आसपासको क्षेत्रमा शनिवार आज दिनभरि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । बुस कटिङ अर्थात् विद्युत् लाइन वरिपरि रहेका रुखका हाँगा काट्नुपर्ने भएकोले खलङ्गा फिडरबाट विद्युत् वितरण गरिएका ठाउँहरूमा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् वितरण केन्द्र रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ ।
बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बुस कटिङ हुने भएकोले यो अवधिमा विद्युत् सेवा अवरुद्ध हुने वितरण केन्द्रले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएको छ । खलङ्गा फिडरबाट खलङ्गा बजार सहित आसपासका बजारमा विद्युत् सेवा वितरण गरिएको छ । विशेष गरी प्राधिकरणले शनिवार तथा सार्वजनिक बिदाको दिन बुस कटिङ गर्ने गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ १३:४४
प्रतिक्रिया दिनुहोस्