Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी २ जुम्लेपोखरी निवासी  जयकलाको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ जुम्लेपोखरी निवासी ६१ वर्षीया जयकला बुढाथोकीको उपचारको लागि सहयोगको याचना गरिएको छ । घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले फोक्सो तथा मिर्गौला पीडित बुढाथोकीको उपचारको लागि परिवारले सहयोगको याचना गरेको हो । बुढाथोकी विगत केही महिनादेखि फोक्सो र मिर्गौलामा समस्या देखिएपछी उपचाररत हुनुहुन्छ । उहाँको हाल बाँके स्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको उहाँकि छोरी सुशिला थापाले जानकारी दिनुभयो ।

उपचार गराउँदा गराउँदा घरको सबै रकम सकिएकाले उपचारमा समस्या भएपछी सहयोगको याचना गरिएको उहाँको भनाइ छ । सबैले सकेको सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहाले ब्यक्तिले बिरामिको छोरी सुशिला थापाको प्रभु बैंकमा रहेको खाता नम्बर २६००२३९८६७५०००१३ मा जम्मा गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update