तेक्वान्दो सङ्घ रुकुम पश्चिमको अध्यक्षमा गोविन्द

तेक्वान्दो सङ्घ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन भएको छ । आज मुसिकोट खलङ्गामा भएको सङ्घको तेस्रो अधिवेशनबाट गोविन्द बुढाथोकीको अध्यक्षतामा सर्वसम्मत ८ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।
जसको उपाध्यक्षमा देवराज चन्द र कोषाध्यक्षमा डिल्लीप्रसाद शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरूमा दिलीप खड्का, रेजिना पुन, दीपा चनारा, अस्मिता भण्डारी र सुरेश खड्का रहनुभएको छ । उनीहरूले तेक्वान्दो सङ्घ कर्णाली प्रदेश प्रतिनिधि सुदाम केसीबाट शपथ लिएका थिए ।
निर्वाचन समितिका संयोजक देवकुमार ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तेक्वान्दो सङ्घ कर्णाली प्रदेशबाट उपस्थित प्रतिनिधि सुदाम केसीको प्रमुख आतिथ्यता रहेको थियो । यसअघि जिल्ला तेक्वान्दो सङ्घको अध्यक्षमा भद्र खड्का रहनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२ १६:३५
प्रतिक्रिया दिनुहोस्