Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ३५ ठाउँमा लगाईदै चीनबाट आएको भेरोसेल खोप 
फाइल फाेटाे ।

चीनबाट ल्याईएको कोरोना भाइरस विरुद्धको खोप भेरोसेल रुकुम पश्चिममा भोलीबाट लगाईने भएको छ । जिल्लामा ३५ ठाउँमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य इकाई गरी ३५ वटा खोप केन्द्रबाट खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । यो पटक जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका नागरिकहरुले मात्र खोप पाउने उहाँले बताउनुभयो ।

२ हजार ४ सय व्यक्तिलाई भेरोसेलको पहिलो डोज दिने लक्ष राखिएको खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । माथिबाटै संख्या तोकिएर त्यसका आधारमा खोप आएको उहाँको भनाई छ । ‘जिल्लामा २ हजार ४ सय जनालाई पुग्नेगरी खोप आएको छ, माथीबाटै यो संख्या तोकिएर खोप आएको हो, उहाँले भन्नुभयो ।’ अहिले ४ हजार ८ सय ४८ डोज खोप आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो र दोस्रो डोजका लागि यो खोप आएको हो । अहिले पहिलो डोज लगाएकालाई समय पुगेपछि दोस्रो डोज दिईने छ ।

आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर नागरिकता तथा उमेर खुल्ने परिचय पत्र देखाएर खोप ६२ देखि ६४ वर्ष उमेर समुहका सबैले लगाउन सक्ने छन् । चीनले अनुदान स्वरुप उपलब्ध गराएको भेरोसेल आजबाट ७ वटै प्रदेशमा लगाउन सुरु भएको छ । तर सबै जिल्लामा भने यो पटक खोप कार्यक्रम संचालन हुने छैन् । त्यस्तै जिल्ला अनुसार खोप लगाउने उमेर समुह पनि फरक फरक रहेको छ ।    


 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update