Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यानमा लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

सल्यानको शारदा नगरपालिका १ श्रीनगरबाट ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । बिहिवार साँझ ८: ४० बजेको समयमा १५ पुरिया लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका हुन  । पक्राउ पर्नेमा शारदा नगरपालिका १ का २१ वर्षीय प्रज्वल केसी, सोही स्थानका २४ वर्षीय नुर आलम, वडा नम्बर २ का २६ वर्षीय सुरज रोका र प्युठानको मल्लरानी गाउँपालिका २ घर भइ हाल  सल्यानको शारदा नगरपालिका १ बस्ने २४ वर्षीय सन्दिप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय  सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा•होमबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट लागु औषध ब्राउनसुगर १५ पुरिया, उनिहरुले प्रयोग गरेको  रा४ प ८६३०, रा२ प.१९ र रा४ प ३५ नम्बरको मोटरसाइकल तीन थान, मोबाइल फोन ६ थान र  २४  हजार पाँच सय १० रुपैयाँ समेत बरामद गरिएको छ । उनिहरुलाई प्रहरी नायब उपरीक्षक केसीको नेतृत्वमा खटेको प्रहरीले नियन्त्रण लिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update