रुकुम पश्चिममा प्रसिद्ध डिग्रे मेला जारी छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुस्थित डिग्रे साइकुमारी मन्दिरमा कार्तिक १५ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला अन्तर्गत डिग्रे मन्दिर दर्शन गर्नेहरूको घुइँचो छ । दैनिक मन्दिरमा ठुलो संख्यामा दर्शनार्थीहरु पुगिरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार अहिले मन्दिरमा दैनिक १० हजार बढी दर्शनार्थीहरु पुगिरहेका छन् । बिहानैबाट साँझ अबेरसम्म पनि मन्दिरमा दर्शन गर्नेहरूको चाप धेरै नै हुने गरेको उहाँले बताउनुभयो । पछिल्ला वर्षहरूमा मन्दिरमा दर्शन गर्नेहरूको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
-1762258385.jpg)
प्रचारप्रसार तथा सहज अवागमणका कारण मन्दिरमा बर्सेनि दर्शनार्थीहरुको संख्या बढ्दै गइरहेको उहाँको भनाई छ । मेला सुरु भएदेखि हालसम्म ५० हजार बढी मानिस डिग्रे साइकुमारी मन्दिरमा पुगिसकेको अध्यक्ष केसीले बताउनुभयो । ठोस संख्या नभए पनि १ लाख बढीले डिग्रे मन्दिर दर्शन तथा मेला भर्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
यस वर्षको मेला भोली सकिँदै छ । भोली डिग्रे साइकुमारी मन्दिरमा भव्य मेला लागेसँगै यो वर्षको डिग्रे मेला सकिने छ । हरेक वर्ष हरिबोधिनी एकादशी देखि पूर्णिमा ५ दिनसम्म डिग्रे मेला लाग्ने गर्दछ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ ।
-1762258383.jpg)
एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र  पूर्णिमाको दिन बलि चढाउन मिल्दैन । मेला अवधिमा ३ दिन बलि चढ्छन् । 
यस मन्दिरमा मेला अवधिमा मात्र करिब १ हजार बढी बोकाको बली चढ्ने गरेको छ भने करिब १ लाख जना दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गर्ने गरेको मन्दिर व्यवस्थापन समिति बताउँछ ।
डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला मध्येको एक हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।
-1762258380.jpg)
भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।
-1762258377.jpg)
-1762258374.jpg)
-1762258370.jpg)
-1762258370.jpg)


                                                
                                                
                                                
                    


-1759842583.jpg)