Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मन्दिरमा बोकाको टाउको बिक्रिबाट मात्रै साढे ५ लाख  बढी आम्दानी 

रुकुुम पश्चिमको मुुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा बोकाको टाउको बिक्रीबाट मात्रै साढे ५ लाख बढी आम्दानी भएको छ । ३ दिनको अवधिमा मन्दिरमा चढाएका बोकाको टाउको बिक्रीबाट ५ लाख ५५ हजार ४ सय २० रुपैयाँ आम्दानी भएको हो । काक्तिक १६ गते द्धादशीको  दिन १ लाख ७७ हजार ५ सय, १७ गते त्रयोदशीको दिन २ लाख १० हजार रुपैयाँ र चतुर्दशीको दिन १ लाख ६७ हजार ९ सय २० रुपैयाँ गरेर बोकाको टाउको बिक्रीबाट कुल ५ लाख ५५ हजार ४ सय २० रुपैयाँ आम्दानी भएको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५ दिनसम्म सञ्चालन भएको डिग्रे मेलाबाट दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, होटल सञ्चालन, पिङ सञ्चालन लगायतको आम्दानी भने गणना भइरको छ । भेटी गणनाको काम जिल्ला प्रहरी कार्यायलमा प्रहरीको रोहवरमा मन्दिर व्यवस्थापन टोलीले गणना गरिहरेको छ । भेटी गणनाको काम आज साँझ सम्म सकिने उहाँको भनाई छ । संकलन भएको केही रकम मेला व्यवस्थापनमा खर्च भएको र बाँकी बचेको रकम मेलामा खटिएकका स्वयंमसेवक, मन्दिर वरवरको सरसफाई, भौतिक संरचना निमार्ण र जग्गा खरिदमा काम खर्च गरिने अध्यक्ष केसीले बताउनुभयो । 

५ दिनसम्म सञ्चानल भएको मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, रोल्पा, सल्यान, दाङ र बाँके लगायतका जिल्लाबाट एक लाख बढी  दर्शनार्थीले मेला भर्नुका साथै मन्दिरको दर्शन र पुजाआजा गरेको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । कार्तिक १५ गते सुरु भएको मेला कार्तिक १९ गते सकिएको थियो ।
 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update