नेपाली कम्युनिस्ट पार्टी नेकपा (साबिकको माओवादी केन्द्र) मुसिकोट नगर समितिको अध्यक्षमा धनबहादुर खड्का वसन्त चयन हुनुभएको छ । आज भएको प्रथम विस्तारित बैठकबाट अध्यक्ष सहित पदाधिकारीमा हेरफेर गरिएको हो ।
नगर समिति अध्यक्ष दलबहादुर खड्का सहित बहुमत पदाधिकारीहरू जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा लागेपछि नगर समितिमा हेरफेर गरिएको जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । उपाध्यक्षमा तोकबहादुर खत्री, चम्फा परियार र कमला पुन चयन हुनुभएको छ ।
खत्री यसअघि सह सचिव तथा पुन कोषाध्यक्ष हुनुहुन्थ्यो भने चम्फा परियार उपाध्यक्ष नै हुनुहुन्थ्यो । यसअघिका उपाध्यक्ष दीपक केसी प्रगतिशील अभियानमा लाग्नुभएको छ । सचिव नारायण केसी पनि जनार्दन तिर लागेपछि नयाँ सचिवको जिम्मेवारी अनिल बुढालाई दिइएको छ ।
सहसचिवमा ललिता सिर्पाली र कोषाध्यक्षमा रचना पुन चयन भएको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो । यस अघिको नगर समिति सचिव चन्द्रबहादुर केसी पनि प्रगतिशील राष्ट्रिय अभियानमा खुल्नुभएको छ ।
केही पदाधिकारी गए पनि तेस्रो अधिवेशनबाट निर्वाचित नगर समितिका करिब दुई तिहाइ सदस्यहरूको उपस्थितिमा आजको बैठक भएको रोकाको भनाई छ । अतिथि बाहेक १ सय ७ जना बैठकमा उपस्थित भएको उहाँको भनाई छ ।




-1759842583.jpg)