Kakhara सबैको खबर सम्पूर्ण खबर
एकताको पक्षमा एक ढिक्का छौँः नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी) मुसिकोट

नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी केन्द्र) रुकुम पश्चिम मुसिकोट नगर समितिले एकताको पक्षमा एक ढिक्का रहेको स्पष्ट पारेको छ । आइतबार भएको पदाधिकारी हेरफेर पछिको नगर समितिले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग भएको एकताको पक्षमा एक ढिक्का रहेको बताएको हो । 

२०८१ पुस १३ गतेको तेस्रो अधिवेशनबाट ५५ जनाको निर्वाचित नगर समिति रहेकोमा ४० जना पदाधिकारी तथा सदस्यहरू एक ढिक्कासहित एकताको पक्षमा रहेको नगर अध्यक्ष धनबहादुर खड्का र सचिव अनिल बुढाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मुसिकोटवासी आम कार्यकर्ता, सहिद तथा बेपत्ता परिवार, घाइते तथा उहाँका परिवारजन, शुभचिन्तक, मतदाता र जनसमुदाय विचलित नभई एकताबद्ध रहेको, निरन्तर विकास र समृद्धिको यात्रामा विगतको विरासतलाई पछ्याउँदै गणतन्त्र र संविधानको रक्षाका लागि कटिबद्ध रहेको स्पष्ट पारिएको छ । 

तत्कालीन अध्यक्ष दलबहादुर खड्का सहित बहुमत पदाधिकारी एकताको पक्षमा असन्तुष्ट हुँदै जनार्दन शर्मा प्रभाकरले घोषणा गरेको प्रगतिशील राष्ट्रिय अभियानमा खुलेपछि आइतबार भएको प्रथम भेलाले अध्यक्ष सहितका पदाधिकारीमा हेरफेर गरेको थियो ।

त्यसपछि नगर समितिले आज विज्ञप्ति जारी गर्दै अधिकांश एकताको पक्षमा रहेको र बाँकी रहेकाहरूसँग पनि छलफल गरिरहेकोले उहाँहरू पनि एकताको पक्षमा उभिने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिबाट प्राप्त हुने नीति, निर्देशन तथा कार्यक्रम कार्यान्वयनका लागि एकाकार भएर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । 

साथै मुसिकोटवासीको भावना र सोचलाई सम्मान गर्दै निराशा हुन नदिने गरी नेपाली कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबद्ध भई सक्रियतापूर्वक कार्य गर्ने समेत बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update