Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल रूकुम पश्चिमकाे अध्यक्षमा सन्देश

नेपाली कम्युनिष्ट पार्टी (साविक माओवादी केन्द्र) काे सहायक संगठन वाइसीयल नेपाल रुकुम पश्चिमको विस्तारित बैठक मुसिकाेमा सम्पन्न भएकाेछ । बैठकबाट पदाधिकारी हेरफेर गरिएकाे छ ।

अध्यक्ष एलबि कटुवाल, उपाध्यक्ष रमेश गिरी लगायत प्रतिशील अभियान तर्फ लागेपछि खाली रहेकाे ठाउँमा पूर्ति गरिएकाे हाे । अध्यक्षमा सन्देश बि.क. चयन हुनुभएकाे छ ।

उपाध्यक्षमा शिवा परियार, गणेश चन्द, मानबहादुर बिक, सचिवमा अनिल खड्का, सहसचिवमा रमेश आग्री, नितु खड्का, अजय चदारा, कमल बिक र कोषाध्यक्षमा सन्तोष बि.क. रहनुभएकाे छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update