Kakhara सबैको खबर सम्पूर्ण खबर
कुनाखेत मेला मंसिर १६ गतेबाट, पुरुष भलिबल सहित विभिन्न कार्यक्रम हुने
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा हरेक वर्ष लाग्ने परम्परागत कुनाखेत मेला मंसिर १६ गतेबाट लाग्ने भएको छ । यस वर्षको मेला १६ देखि २० गतेसम्म लाग्ने वडाध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । 

मेलाको अवसरमा महिला पुरुष भलिबल सहितका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । वडाध्यक्ष खत्रीका अनुसार पुरुष भलिबलको विजेताले १ लाख १५ हजार, उप विजेताले ७५ हजार र तृतीय हुने टिमले ४५ हजार पाउने छ । 

दर्ता शुल्क ११ हजार तोकिएको छ । महिला भलिबलमा प्रथमले ३५ हजार, दोस्रो हुनेले २० हजार र तृतीयले १० हजार पुरस्कार पाउने छ भने दर्ता शुल्क ३ हजार रहेको छ । पुरुष तथा महिला भलिबल वडा स्तरीय हुने छन् । 

दुवै तर्फ सर्वोत्कृष्ट, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर छानेर पुरस्कृत गरिने बताइएको छ । वडा युवा तथा खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । त्यस्तै मेलामा सहभागी हुने मयुर नाच, पञ्चेबाजा, सिंगारु नाच, पैसेरु नाचलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update