रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक प्रगतिशील पार्टी प्रलाेपा सङ्गठन निर्माणमा जुटेको छ । जनार्दन शर्माले नयाँ पार्टी गठन गरेपछि उहाँको पार्टीले जिल्लामा सङ्गठन विस्तार सुरु गरेको हो । प्रलाेपाले चौरजहारीबाट सङ्गठन विस्तार सुरु गरेको हो ।
सोमबार चौरजहारी नगरपालिका वडा नम्बर १३ मा वडा कमिटी निर्माण गरेको छ । त्यहाँ तिलक ओलीको संयोजकत्वमा २३ सदस्यीय वडा कमिटी निर्माण गरिएको छ ।
सह संयोजकमा आशिष् शर्मा रहनुभएको छ भने सदस्यहरूमा तिलक विष्ट, रामबहादुर रोका, हेमन्त बिक, गोपाल रोका, रमेश बिक, गोविन्द बिक, कमारो दमाई, नोखिराम डाँगी, निर्मला रोका, कुल ब डाँगी र तुलाराम डाँगी रहनुभएको छ ।
त्यस्तै दिर्गबहादुर थापा, लक्ष्मी हमाल, रिता खड्का, सुमित्रा शर्मा, कलमसिङ बिक, विनय बिक, रमा हमाल, आशिराम थापा, लोकेन्द्र बिक र रमा हमाल पनि सदस्यमा रहनुभएको छ ।
नेताहरू सुदास स्वर्णकार, शैलेशकुमार शर्मा, एलबि कटुवाल लगायतको उपस्थितिमा वडा कमिटी निर्माण गरिएको हो । अभियान हुँदै पार्टी निर्माण हुँदा जिल्लामा सङ्गठन निर्माण सुरु हुन सकेको थिएन । तल्लो तहबाट सङ्गठन निर्माणको काम सुरु भएको प्रलाेपाले जनाएको छ ।
प्रगतिशील अभियान रहँदासम्म सन्देश केसी जिल्ला संयोजक हुनुहुन्थ्यो । तर पार्टी बनेपछि जिल्ला स्तरीय संरचना बनेको छैन । अभियानमै खुलेका नेताहरू जिल्लामा पार्टी निर्माणमा जुटेका छन् ।






-1759842583.jpg)
