रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र प्रगतिशिल लोकतान्त्रिक पार्टी( प्रलोपा) विच भौतिक संरचना बाँडफाड गरिएको छ । नेकपा माओवादी केन्द्र विभाजन भएपछि एकतामा बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच भौतिक संरचना सहमतिमा बाँडफाँटको गरिएको हो । जिल्ला सदरमुकाम खलंगा र सेरिगाउँमा रहेका भौतिक संरचना दुवै पक्षले हस्ताक्षरसहित लिखित सहमति गरेका छन् । विगतमा एउटै पार्टीमा क्रियाशील रहेको र भविष्यमा सहकार्यको सम्भावनालाई समेत मध्यनजर गर्दै सहमति गरिएको पत्रमा उल्लेख गरिएको छ ।
सहमति अनुसार मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँस्थित सहिद स्मृति प्रतिष्ठानको सभाहल र इस्कन्द नर्मदा फाउन्डेसन परिसरभित्र रहेका भवनसहित सम्पूर्ण भौतिक संरचना नेकपाले र मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगास्थित इस्कन्द नर्मदा फाउन्डेसनकै नाममा रहेको भवन प्रलोपाले प्रयोग गर्ने सहमति गरिएको छ ।
प्रलोपा रुकुम पश्चिमका तर्फबाट जिल्ला संयोजक गोर्खबहादुर केसी र नेकपाका तर्फबाट जिल्ला संयोजक गोविन्द रोकाले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमति पत्र आजबाट लागु भएको छ । यो सहमति भने दुई पार्टी विच गत सोमबार भएको थियो । पार्टी विभाजन पछि आइतबार आज पहिलो पटक जनार्दन शर्मा गृह जिल्ला रुकुम पश्चिम आउनुभएको छ । भोली खलंगामा जिल्ला युवा भेलालाई सम्बोधन गर्ने प्रलोपा रुकुम पश्चिमले जनाएको छ ।




-1759842583.jpg)