रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा)को कार्यालय उद्घाटन गरिएको छ । आज उक्त पार्टीका संरक्षक तथा पुर्वमन्त्री जनार्दश शर्मा ‘प्रभाकर’ले जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । पहिलको नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालय भएको भवनलाई प्रगतिशिल लोकतान्त्रिक पार्टीको कार्यालयको रुपमा स्थापना गरिएको हो ।
प्रलोपाका नेता जनार्दन शर्मा प्रभाकर, नेता राजकुमार शर्मा लगायतले पार्टीको चुवाव चिन्ह आँखा सहितको झण्डा कार्यालयमा राखेर पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रलोपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । दुई पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र प्रगतिशिल लोकतान्त्रिक पार्र्टी(प्रलोपा) विच सहमति भए बमोजिम नेकपाको मुसिकोट ५ सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको सभासहितको भौतिक संरचना र प्रलोपाको भागमा खलंगामा रहको पुरानो माओवादीको पार्टी कार्यालय भवन भागमा परेको छ ।
प्रलोपाका नेता शर्मासहित अन्य नेता गृह जिल्ला आएसँगै पार्टीका गतिविधि पार्टीले तिव्र रुपमा अगाडी बढाएको छ । भोली नै मुसिकोटमा बृहत युवा भेलालाई नेता शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रलोपाले जनाएको छ । त्यस्तै नेकपा एकता भएसँगै नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्ना विभिन्न् गतिविधि गरिरहेको छ । आज सेरिगाउँमा नेकपाले जनवर्गीय संगठनको भेला गरेको थियो ।



-1765102307.jpg)

-1759842583.jpg)