रुकुम पश्चिममा एक सय युवा प्रगतिशील लोकतान्त्रिक पार्टीमा जोडिएका छन् । मुसिकोटमा आयोजित युवा प्रशिक्षण कार्यक्रम मार्फत सुधीर बुढाथोकीको नेतृत्वमा १ सय जना युवा पार्टीमा समाहित भएको युवा नेता तथा पहलकर्ता जनक विश्वकर्माले जानकारी दिनुभयो ।
नेकपा एस लगायतका दलसँगको एकता प्रक्रियामा सामेल नभई प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा लाग्नुभएका जनार्दन शर्मा प्रभाकर पहिलो पटक गृह जिल्ला पुगी युवा प्रशिक्षणमा सहभागी हुनुभएको छ । उहाँ युवा पुस्तालाई अवसर दिनुपर्ने बताउँदै नयाँ पार्टी निर्माणमा जुट्नुभएको हो ।
सोही अनुसार जिल्लामा युवाहरूलाई प्राथमिकता दिइएको प्रलाेपाका नेताहरूले जनाएका छन् । युवाहरूको आकर्षण राम्रो देखिएको नेता विश्वकर्माले बताउनुभयो । मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा भएको प्रशिक्षण कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रम पूर्व मुसिकोट खलङ्गामा मोटरसाइकल र्याली निकालिएको थियो ।





-1759842583.jpg)