रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ काफलबोट निवासी २६ वर्षिय समिर रोकाय(माइलो) ले आफ्नो जन्म दिनको अवसरमा ५० हजार रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ । उहाँले मुसिकोट नगरपालिका १ मठमा रहेको बुद्धभुमि मानव सेवा आश्रमलाई न्यानो कपडा सहित खाद्यन्न सामग्री सहयोग गर्नुभएको हो । आश्रमको लागि आश्रमका बस्ने १२ जनालाई ३० हजार रुपैयाँ बराबरको न्यानो कपडा, १० लिटरको एक वटा प्रसर कुकर, पाँचवटा कुर्सी, एक वटा डायनिङ टेवल र ५ हजार बराबरकाे खाद्यन्न र फलफुल गरी ५० हजार रुपैयाँ बराबरको सहयोग गर्नुभएको हो ।
आश्रममै पुगरे आज समिरकी माइली दिदी विष्णु रोकाय खड्काले बुद्धभुमि मावन सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई न्यानो कपडा, खाद्यन्न सामग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग गर्ने समिर र समिरको परिवारलाई बृद्धभुमि मावन सेवा आश्रमका अध्यक्ष जैसीले सम्मान पत्रले सम्मान गर्नुका साथै अन्य सहयोगिताहरुलाई पनि सहयोग गर्न आह्वान गर्नूभएको छ ।
समाजसेवा गर्न रुचाउने समिर हाल रोजगारीको शिलसिलामा अमेरिकामा हुनुहन्छ । जन्म दिनको अवसरमा प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा शुभकामना दिने तथा जन्म दिने आमाबुवा तथा घरपरिवारलाई समिरले ध्यन्यवाद ज्ञापन गर्नुभएको छ । बुद्धभुमि मावन सेवा आश्रममा हाल १२ जना साहारा विहिन व्यक्ति रहेका छन् । सामग्री वितरण कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओली, सचिव दिपेन्द्र महतारा लगातको उपस्थिती रहेको थियो ।





-1759842583.jpg)