Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्रपा रुकुम पूर्वले प्रतिनिधि सभाका लागि ६ जनाको नाम सिफारिस गर्‍यो 

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । दलहरूले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरिरहेका हुन् । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुकुम पूर्वले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपाले जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रत्यक्ष तर्फ १ जना मात्र र समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरिएको राप्रपा रुकुम पूर्वका सचिव अमरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्ष तर्फ केशवचन्द्र समाल (मदन शाह)को नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ लोकजंग शाह, मनिषा विक, जोडे बुढा, भक्ति पुन र डिल्लीबहादुर शाहीलाई सिफारिस गरिएको छ ।

राप्रपा रुकुम पश्चिमले पनि उम्मेदवार सिफारिस गरिसकेको छ । जिल्लाबाट ७ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फ दीपककुमार मल्ल, सौरेन्द्रबहादुर शाह र गोपाल खड्का तथा समानुपातिक तर्फ विनोद शाह, सिर्जना खड्का, निर्जल केसी र सेती घर्ती विकलाई सिफारिस गरिएको राप्रपा रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update