नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोपाल शर्मा अनललाई एकल रूपमा सिफारिस गरेको छ ।
आज जिल्ला सदरमुकाम मुसिकोट ५ शेरिगाउँमा बसेको जिल्ला कमिटी बैठकले शर्मालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । उहाँ २०७४ मा कर्णाली प्रदेश सभा सदस्य बन्नुभएको थियो । उहाँ अर्थमन्त्री समेत बन्नुभएको थियो ।
त्यस्तै नेकपा रुकुम पश्चिमले ३ जनाको नाम सिफारिस गरेको छ । भने एक जनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ जनजातिबाट त्रिवेणी गाउँपादिकाका झक्कुप्रसाद घर्ती, दलित तर्फ आठबिसकाेट नगरपालिकाका सुरज परियार, दलित महिला तर्फ आठबिसकाेटकै गीता नेपाली र खस आर्यबाट बाँफिकाेट गाउँपालिकाकी झरना चन्द शाहीलाई सिफारिस गरिएको साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका लागि मुसिकाेटका बुद्धिप्रसाद गाैतमलाई सिफारिस गरिएकाे उहाँले बताउनुभयाे ।




-1759842583.jpg)