राष्ट्रिय सभा
नेकपा रुकुम पश्चिमले गर्यो राष्ट्रिय सभाको लागि बुद्धिप्रसाद शर्मालाई सिफारिस
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । आज पार्टी कार्यालय मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा भएको पार्टीको जिल्ला कमिटी बैठकले उम्मेदवार सिफारिस गरेको हो । राष्ट्रिय सभा तर्फ मुसिकोट नगरपालिका ५ निवासी बुद्धिप्रसाद गौतमको नाम सिफारिस गरेको छ ।
गौतम साबिक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । नेपाली काँग्रेसले पनि राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ १५:३६
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)