नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पूर्वले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सहमति जुट्न नसेकेपछि प्रत्यक्षमा ९ जनाको नाम सिफारिस गरिएको छ ।
सुरुमा २ दर्जन बढी आकाङ्क्षी देखिएका थिए । अन्तिमसम्म छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि ९ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस हुनेमा गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की रहेको साबिक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा सुनिता बुढा (महिला), दीपेन्द्र छन्त्याल (अल्पसङ्ख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित) बाट रहेको बरालले बताउनुभयो ।
पुस ९ गते बसेको जिल्ला कमिटी बैठक र १० गतेको जिल्ला कार्यालय बैठकबाट उम्मेदवार सिफारिस गरिएको हो ।





-1759842583.jpg)