Kakhara सबैको खबर सम्पूर्ण खबर
एनभिएमा सहभागी हुन लागेको रुकुम पश्चिमलाई जनार्दन शर्माको शुभकामना

पूर्व मन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा प्रभाकरले नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कपमा भाग लिन लागेको रुकुम पश्चिमको भलिबल टिमलाई शुभकामना दिनुभएको छ । बिहीबार आफ्नो निवासमा बोलाएर नेता शर्माले टोलीसँग भेट गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको रुकुम पश्चिमलाई धन्यवाद समेत दिनुभयो । साथै उहाँले टिमको बसाइँ व्यवस्थापन सहितको सहयोग गर्ने समेत बताएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तथा टिमका प्रशिक्षक तेज बुढाले बताउनुभयो ।

माजर अलि सहित तीन जना पाकिस्तानी खेलाडीको सहभागितामा रुकुम पश्चिमले एनभिए खेल्न लागेको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले टोलीलाई एनभिएमा सहभागी बनाउन लागेको हो । जसमा कर्णाली प्रदेशका खेलाडीहरू छन् ।

एनभिएकाे नवौँ संस्करण आजबाट काठमाडौँमा सुरु हुँदै छ । रुकुम पश्चिमले आफ्नो पहिलो खेल भोली बुढानीलकण्ठ भलिबल क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा जावलाखेल भलिबल क्लबसँग खेल्ने छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update