Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा मुसिकोट ९ को संयोजकमा ओपेन्द्र सह-संयोजक डिल्लीबहादुर चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ को पार्टी एकता पछिको वैठक सम्पन्न भएको छ । आज  भएको पार्टी एकता पछिको बैठक नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । बैठकबाट ओपेन्द्र ओलीको संयोजकमा २७ सदस्यीय वडा समिति निर्माण गरिएको छ । जसको सह संयोजकमा डिल्लीबहादुर ओली चयन हुनुभएको छ ।

संयोजक ओली साविक नेकपा (माओवादी केन्द्र) बाट र सह संयोजक ओली नेकपा (एकृत समाजबादी) बाट हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा  सीता पुन मगर ओलि, खडकबहादुर केसी, ज्ञानबहादुर ओली, कर्णबहादुर नेपाली, सोबर्ण खड्का, कृष्णकली ओलि, चन्द्रबहादुर आली, बेगम ओलि, पुष्पा ओलि, खड्क कुमारी खड्का, नन्दकुमारी ओलि, कालू सुनार चयन हुनुभएको छ । त्यसैगरी रनसरी बुढा, तिलकबहादुर ओली, दिपा ओली , रमेश परियार, सर्मिला नेपाली, अजय ओली, नरप्रसाद ओली, सकुन्तला नेपाली, दिपामणी ओलि, रबि प्रकाश ओलि, चन्द्रकुमारी खड्का, अनबहादुर खड्का  र प्रेमप्रकाश खड्का पनि सदस्यमा चयन भएको नेकपा मुसिकोट ९ ले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update