नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पश्चिमको महासंघ, निजामती र स्वास्थ्यकर्मी संगठनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाँउ स्थित सहिद स्मृति प्रतिष्ठानको हलमा भएको संयुक्त जिल्ला अधिवेशन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा देवबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा अनिता केसी र नरिन्दर कुमार, सचिवमा रमेशकुमार पुनमगर, सह-सचिवमा बेदनारायण पुन र कोषाध्यक्षमा पवन केसी चयन हुनुभएको छ । त्यसै समीर गौतमको अध्यक्षतामा १५ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी महासंघ चयन गरिएको छ । त्यसैगरी हिरा पुनको अध्यक्षतामा २१सदस्यीय प्रगतिशील स्वास्थ्यकर्मी संगठन चयन गरिएको छ । अधिवेशनमा नेकपाका नेताहरुको आतिथ्यता रहेको थियो ।





-1759842583.jpg)