Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रलोपाद्वारा रुकुम पश्चिमबाट समानुपातिक तर्फ ३ जना सिफारिस
समानुपातिकमा सिफारिस भएका मध्ये सुदास स्वर्णकार र प्रेमा शाही ।

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुकुम पश्चिमबाट प्रतिनिधि सभा समानुपातिक तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । पार्टीको कर्णाली प्रदेशको पहिलो बैठकबाट समानुपातिक उम्मेदवार सिफारिस गरिएको हो । 

बैठकले रुकुम पश्चिमबाट सुदास स्वर्णकार, प्रेमा शाही र तारा पुनलाई समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । स्वर्णकार चौरजहारी, प्रेमा आठबिसकोट र तारा त्रिवेणी गाउँपालिका निवासी हुनुहुन्छ । समानुपातिक तर्फ भोलीसम्म निर्वाचन आयोगमा बन्द सूचि पेस गर्नुपर्ने समय सीमा छ । 

सोही अनुसार बैठकले प्रदेशस्थित जिल्लाबाट समानुपातिक उम्मेदवार सिफारिस गरेको प्रलोपाका जिल्ला इन्चार्ज गोरखबहादुर केसीले जानकारी दिनुभयो । प्रत्यक्ष तर्फ भने प्रलोपाले हालसम्म उम्मेदवार सिफारिस गरेको छैन । 

जनार्दन शर्मा नेतृत्वको प्रलोपाले रुकुम पश्चिमबाट प्रत्यक्ष तर्फ कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोका साथ हेरिएको छ । धेरैले जनार्दन शर्मा नै उम्मेदवार हुने अनुमान गरिरहेका छन् । यस विषयमा जिल्ला इन्चार्ज केसीले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताको समय अझै रहेकाले यसमा केही हतारो नरहेको बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update