नेपाली कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा रुकुम पश्चिम र रुकुम पूर्वबाट एक एक जना परेका छन् । पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको बन्द सूचिमा रुकुम पश्चिमबाट त्रिवेणी गाउँपालिकाका झक्कुप्रसाद घर्ती आदिवासी जनजाति तर्फ पर्नुभएको छ । उहाँ त्रिवेणी गाउँपालिकाको प्रथम अध्यक्ष हुनुहुन्छ ।
पार्टीले जिल्लाबाट उहाँ सहित ४ जनाको नाम सिफारिस गरेको थियो । जसमा समानुपातिक तर्फ जनजातिबाट उहाँ सहित दलित तर्फ आठबिसकोट नगरपालिकाका सुरजकुमार परियार, दलित महिला तर्फ आठबिसकोटकै गीता नेपाली र खस आर्यबाट बाँफिकोट गाउँपालिकाकी झरना चन्द शाहीलाई सिफारिस गरिएको थियो । तर पार्टीले घर्तीलाई मात्र बन्द सूचिमा राख्यो ।
त्यस्तै रुकुम पूर्वबाट सुनिता बुढा मगर बन्द सूचिमा पर्नुभएको छ । जिल्लाबाट ५ जनाको नाम सिफारिस गरिएकामा पुथाउत्तरगंगा गाउँपालिका निवासी पूर्व नेकपा एकीकृत समाजवादीकी नेतृ आदिवासी जनजाति तर्फ समानुपातिकको बन्द सूचिमा पर्नुभएको हो । रुकुम पूर्वबाट उहाँ सहित दीपेन्द्र छन्त्याल ९अल्पसङ्ख्यक०, टिकाराम उपाध्याय ९अन्य०, हर्कबहादुर कामी ९दलित० र उपेन्द्रलाल कामी ९दलित० बाट रहनुभएको थियो । निर्वाचन कार्यपालिका अनुसार दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फ सोमबार बन्द सूचि बुझाएका हुन् ।





-1759842583.jpg)