प्रलोपाले मुसिकोटमा बनायो जेन-जी समूह, संयोजकमा अनिल
प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले मुसिकोट नगरपालिकामा जेन-जी समूह निर्माण गरेको छ । आज पार्टी कार्यालय मुसिकोट खलङ्गामा भएको युवाहरूको भेलाबाट अनिल बुढाथोकीको संयोजकत्वमा १६ सदस्यीय समूह गठन गरिएको हो ।
जसको सह संयोजकमा सुवास कँवर रहनुभएको छ । सदस्यमा जेनिस बिसी, हिमाल पुन, हेमन्त विक, आसु नाथ, साहिल बुढा, शिशिर बिसी, विक्की पुन, करण थापा, भिमसेन विक, आकाश बुढा, हिमाल पुन, प्रवेश विक, विवेक पुन र प्रवेश बिसी रहनुभएको छ ।
भेलाले पुस मसान्त भित्र मुसिकोट नगरपालिकाका १४ वटै वडामा जेन-जी समूह गठन गरी नगर सम्मेलनको तयारी गर्ने समेत निर्णय गरेको छ । पार्टीका नेता दलबहादुर खड्का, युवा नेता जनक विक लगायतको उपस्थितिमा भेला भएको हो ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२ १६:१८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)
