रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाको वडा भेला सम्पन्न भएको छ । आज भएको भेलाबाट वडा कमिटी निर्माण गरिएको छ ।
वडा भेलाबाट रुद्रवीर बिसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा रेवती चन्द, सचिवमा भीमबहादुर खत्री, सह सचिवमा राधिका चन्द र कोषाध्यक्षमा नरबहादुर बस्याल चयन भएको प्रलोपाले जनाएको छ ।
वडाको पाखापानीमा उत्साहजनक रूपमा भेला सम्पन्न भएको बताइएको छ । भेलामा प्रलोपाका जिल्ला संयोजक शैलेशकुमार शर्मा, युवा नेता जनक विश्वकर्मा लगायतका नेताहरू सहित डेढ सय बढी वडावासीको उपस्थिति रहेको थियो ।
भर्खरै निर्माण भएको जनार्दन शर्मा संरक्षक रहेको प्रलोपाले रुकुम पश्चिममा संगठन निर्माण गरिरहेको छ । पार्टीले वडाबाट पार्टी निर्माण सुरु गरेको हो ।






-1759842583.jpg)
