भर्खरै निर्माण भएको प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुकुम पश्चिममा सङ्गठन निर्माणलाई तीव्रता दिएको छ । पार्टीले वडा वडामा पार्टी निर्माणको अभियान थालेको छ । जसअन्तर्गत आज जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पार्टी निर्माण गरिएको छ । वडा भेलाबाट गीता नेपालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्माण गरिएको प्रलोपाका जिल्ला संयोजक शैलशकुमार शर्माले जानकारी दिनुभयो ।
जसको सचिवमा जनक केसी र कोषाध्यक्षमा शोभा पुन खड्का रहनुभएको छ । वडा भेलामा जिल्ला संयोजक शर्मा सहित पार्टीका नेताहरू गणेशबहादुर खड्का, जनक विक र डिल्ली परियार लगायतको उपस्थिति रहेको थियो । त्यस्तै प्रलोपाले हिजो सानीभेरी गाउँपालिका वडा नम्बर २ को गिठाकोटमा प्रगतिशील युवा सङ्गठन गठन गरेको थियो ।
जिल्लाका सबै वडामा कमिटी निर्माण सकिएपछि पालिका कमिटी निर्माणमा जुट्ने प्रलोपा रुकुम पश्चिमले जनाएको छ । जनार्दन शर्मा प्रभाकर संरक्षक रहेको प्रलोपाले रुकुम पश्चिममा सङ्गठन निर्माणलाई प्राथमिकता दिएको छ ।





-1759842583.jpg)
