Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर रुकुम पश्चिमको संयोजकमा प्रचण्ड 

प्रेस सेन्टर जिल्ला समन्वय समिति रुकुम पश्चिमको संयोजकमा प्रचण्ड खत्री चयन हुनुभएको छ । आज नेकपाको जिल्ला पार्टी कार्यालय सेरिगाँउमा भएको सेन्टरको विस्तारित बैठकबाट खत्री  संयोजकमा सर्वसम्मत रुपमा चयन हुनुभएको थियो ।  खत्रीको संयोजकमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको प्रेस सेन्टर रुकुम पश्चिमले जनाएको छ ।  नेकपाकाे एकता भन्दा पहिले खत्री सेन्टरको कर्णाली प्रदेश लेखा संयोजक हुनुहुन्थो । 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update