Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी रुकुम पश्चिमद्वारा प्रतिनिधि सभा सदस्यका लागि चन्द्र सी एकल सिफारिस

नेपाल कम्युनिस्ट पार्टी माओवादी रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चन्द्र सी लाई एकल सिफारिस गरेको छ । आज बसेको जिल्ला सचिवालय बैठकले उहाँलाई एकल रूपमा सिफारिस गरेको हो ।

उहाँ हाल पार्टीको जिल्ला इन्चार्ज हुनुहुन्छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update