Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा प्रगतिशील लोकतान्त्रिक युवा सङ्गठन गठन, अध्यक्षमा मानबहादुर 

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा युवाहरूको सङ्गठन निर्माण गरेको छ । आज वडा नम्बर ४ को छिनखेतमा भएको प्रगतिशील लोकतान्त्रिक युवा भेला तथा प्रशिक्षण कार्यक्रमबाट मानबहादुर विष्ट मगरको अध्यक्षमा ३९ सदस्यीय प्रगतिशील लोकतान्त्रिक युवा सङ्गठन निर्माण गरिएको हो । 

जसको उपाध्यक्षमा मदन बुढा, सचिवमा सुरेश खत्री र कोषाध्यक्षमा भावना बुढा मगर रहनुभएको छ । प्रलोपाले पहिलो पालिकाको रूपमा बाँफिकोटमा युवाहरूको सङ्गठन निर्माण गरेको हो । अब अन्य पालिकामा पनि युवा भेला तथा प्रशिक्षण चलाउने र सङ्गठन निर्माण गर्ने प्रलोपा रुकुम पश्चिमले जनाएको छ । 

भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज गोरखबहादुर केसीले अब नेतृत्व गर्ने जिम्मेवारी युवाहरूको काँधमा आएको बताउनुभयो । युवाहरू अब परिचालन मात्र हुने नभई नेतृत्वमा पुग्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि तयार हुन उहाँले युवाहरूलाई अनुरोध समेत गर्नुभयो । 

pragatishil-1767956550.jpg
प्रगतिशील लोकतान्त्रिक पार्टी उन्नत विचारलाई अङ्गीकार गरेर जन्मिएको बताउँदै पार्टीले युवाहरूलाई भरोसा गरेर अघि बढ्ने उहाँको भनाई थियो । 

भेलामा इन्चार्ज केसी सहित जिल्ला संयोजक शैलेशकुमार शर्मा, पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहनुभएकी प्रेमा शाही, पार्टीका प्रदेश कमिटी सदस्यहरू एल बि कटुवाल र सन्देश पुन तथा युवा नेताहरू जनक विक र ध्रुव केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाभरिका युवाहरूको उल्लेख्य सहभागिता रहेको पार्टीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update