नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले समाजवादी क्रान्ति नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र सम्भव हुने बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभालाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले देश भरका सच्चा कम्युनिस्ट र समाजवादी चिन्तन भएका दलहरु एक ठाउँमा उभिनुलाई चानचुने विषयका रूपमा नलिन समेत उहाँले आग्रह गर्नुभयो ।
देशमा व्याप्त गरिबी, अशिक्षा, बेरोजगारी अहिलेका प्रमुख चुनौतीहरू रहेको भन्दै उहाँले नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा यी समस्याहरू हल हुने समेत दाबी गर्नुभयो । साथै उहाँले जनार्दन शर्मा प्रभाकरलाई लक्षित गर्दै भगौडालाई रामराम मात्र भन्न सकिने काँध थाप्न नसकिने भन्दै टिप्पणी गर्नुभयो ।
‘केही नेता एकतामा सहभागी नभएर भागेका छन्, भगौडालाई रामराम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’ उहाँले भन्नुभयो ।





-1759842583.jpg)
