Kakhara सबैको खबर सम्पूर्ण खबर
एमालेका २ जना कर्णाली प्रदेश सदस्यसहित ३१ जना नेकपामा प्रवेश, अन्य कुन कुन पार्टीका ?

नेकपा एमालेका २ जना कर्णाली प्रदेश समिति सदस्य सहित ३१ जना नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । शनिवार नेकपा रुकुम पश्चिमले मुसिकोट १ खलङ्गामा आयोजना गरेको एकता सन्देश सभाको अवसरमा उनीहरूले आफू आबद्ध रहेको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा नेकपा(एमाले)का कर्णाली प्रदेश सदस्य गणेश विक चिन्तन र प्रदेश सदस्य शिव रसाइली लगायत रहेको साबिक नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रवेश गर्ने अन्यमा एमाले आठविसकोट नगरपालिका वडा नम्बर १२ का वडा सचिव समीर पुन मगर, वडा सदस्य कस्तुप पुन, एमाले आठविसकोट ११ का सदस्य जगदीश खड्का, विर्मी खड्का, बिपना खड्का, नेपाली काँग्रेस आठविसकोट नगरपालिका १२ का वडा उपसभापति बुकेश पुन मगर रहनुभएको छ । 

त्यस्तै नेपाली काँग्रेस आठविसकोट ९ का नन्नराम सुनार, नेकपा बहुमतबाट मुसिकोट ११ का पवन रसाइली, एमाले त्रिवेणी गाउँपालिका ३ बाट खड्कबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टी चौरजहारी ३ बाट वडा अध्यक्ष गोविन्दकुमार महर, सचिव बालकुमारी घर्ती, उपाध्यक्ष चन्द्रा बस्नेत, कोषाध्यक्ष देवी घर्ती, वडा सदस्य गोर्वे ओली, डम्बर घर्ती, गीता पुन, सावित्री बटाला, बालकुमारी कामी, डन्डवीर कामी, पविता कामी र जयमति कामीले प्रगतिशील लोकतान्त्रिक पार्टी त्यागेर नेकपामा प्रवेश गरेको रोकाले बताउनुभयो । 

प्रवेश गर्ने अन्यमा देशभक्त प्रगतिशील युवा मञ्चका केन्द्रीय संरक्षक गणेश विक गुराँस, महासचिव विष्णु ओली, नेसपा सानीभेरी ५ का विशाल रसाइली, अटल पुन, नेसपा बाँफिकोटका टोपीराम मल्ल, धनबहादुर मल्ल र रास्वपा चौरजहारीका यज्ञबहादुर चन्द र नेपाली काँग्रेस चौरजहारीबाट तुले नेपालीले पनि नेकपा प्रवेश गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ । सबैलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले अबिर र माला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update