प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका ९ जनाले आफूहरू नेकपामा प्रवेश नगरेको स्पष्ट पारेका छन् । शनिवार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको भन्दै उक्त पार्टीले अफवाह फैलाएको भन्दै उक्त खबरले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै जिल्लाको चौरजहारी नगरपालिकाका ९ जनाले आफूहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमै रहेको स्पष्ट पारेका हुन् ।
मुसिकोट नगरपालिकाको बराहटाकुरामा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी छोडेर प्रवेश गरेको भनेर केही समाचार र सामाजिक सञ्जालमा देखिन आयकोले उक्त झुट प्रचार प्रति गम्भीर आपत्ति प्रकट गर्दछौ । यस्ता कपोकल्पित र भ्रमित प्रचार प्रसार नगर्न चेतावनी दिन चाहन्छौ, विज्ञप्तिमा भनिएको छ ।
इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन, जनयुद्ध, जन आन्दोलन र जेन.जी आन्दोलनको मर्म अनुसार राष्ट्रलाई नयाँ ढङ्गले राजनीतिक पुनर्संरचना गर्दै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मार्ग निर्देशन सिद्धान्तलाई आत्मसात् गर्दै जनताको जीवनस्तर बदल्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउने महान् लक्ष्य सहित अघि बढेको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीमै आफूहरू रहेको विज्ञप्तिमा उल्लेख छ ।
चौरजहारी नगरपालिका ३ का वडा उपाध्यक्ष चन्दा बस्नेत, कोषाध्यक्ष देवी घर्ती र सदस्यहरू गोबरे ओली, डम्बर घर्ती, गीता पुन, साबित्रा बटाला, बलकुमारी कामी, डन्डवीर कामी र पविता कामीले विज्ञप्ति जारी गर्दै आफूहरू नेकपा प्रवेश नगरेको स्पष्ट पार्नुभएको हो ।






-1759842583.jpg)
