Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्रपा रुकुम पश्चिमले ३०४ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनायो

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुकुम पश्चिमले ३०४ औ‌ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला सदरमुकाम खलङ्गामा आज एक कार्यक्रमको आयोजना गरी राप्रपा जिल्ला कार्यसमिति रुकुम पश्चिमले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

पृथ्वीनारायण शाहले नेपाललाई पुर्‍याएको योगदानको कदर गर्दै शाहको तस्बिरमा अबिर आवरण, माल्यार्पण तथा उहाँको योगदानको स्मरण गरेर पृथ्वी जयन्ती मनाइएको राप्रपा रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममा उपस्थित पार्टीका नेता, कार्यकर्ताले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य दीपककुमार मल्लले पृथ्वी जयन्ती तथा एकता दिवस सरकारले मनाउनु पर्ने भए पनि सरकारले यतातर्फ ध्यान नदिएको र उहाँको योगदानको कदर गर्न नसकेको गुनासो गर्नुभयो । अन्य पार्टीलाई कार्यक्रममा आमन्त्रण गरे पनि कार्यक्रममा नआएको उहाँको गुनासो थियो ।

पृथ्वीनारायण शाह कुनै एउटा पार्टी र व्यक्तिको नभई देशको गरीमा गरेको भन्दै सबैले उहाँको योगदानको कदर र सम्मान गर्नुपर्ने मल्लको भनाइ थियो । कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update