आगलागीमा परेर भारतमा सल्यानका ९ जनाको मृत्यु
रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शिद्ध कुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।
वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धनबहादुर विक, कविता विक, राधा विक, रेणुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहनुभएको छ ।
यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।
उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे । पुस २७ गते उनीहरूको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्






-1759842583.jpg)
