रास्वपा रुकुम पश्चिमले गर्याे प्रतिनिधि सभामा शाहीलाई सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मानबहादुर शाहीलाई सिफारिस गरेको छ । आज बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सभापति शाहीलाई एकल रूपमा सिफारिस गरेको हो ।
पछिल्ला दिनमा जिल्लामा पार्टी गतिविधि बढाइरहेको रास्वपाले आगामी चुनावमा असन्तुष्ट जनलहरलाई आफूतिर तान्ने रणनीति बनाएको देखिन्छ । सोही अनुसार पार्टीले शाहीलाई एकल रूपमा सिफारिस गरेको जनाएको छ ।
जिल्लाबाट यसअघि नै नेपाली कम्युनिस्ट पार्टीले गोपाल शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीले जनार्दन शर्मा, नेकपा एमालेले नन्दराम देवकाेटा र नेकपा माओवादीले चन्द्र सी लाई एकल सिफारिस गरिसकेका छन् । काँग्रेसले भने गाेपालजिजंग शाह र प्रेमप्रकाश ओलीलाई सिफारिस गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १९:१५
प्रतिक्रिया दिनुहोस्






-1759842583.jpg)
