Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ७ भम्पुमा जेसिबी दुर्घटना हुँदा सह- चालकको घटनास्थलमै मृत्यु
दुर्घटना भएको स्थल ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ भम्पुस्थित नदुवादेखि झारमारे जोड्ने भित्री सडक खण्डमा जेसिबी दुर्घटना हुँदा सह-चालकको घटनास्थलमै मृत्यु भएको छ । आज ११: ५० बजेको समयमा रा १ क १४०२ नम्बरको जेसिबी नदुवा देखी झारमारे जोड्ने भित्र सडक खण्डमा बाटो खन्नजाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा सह-चालक बाँकेका २८ वर्षिय भगिराम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

जेसिबी चालक आठबिसकोट नगरपालिका १ का ४५ वर्षीय बले कामी सम्पर्कमा नरहेको उहाँको भनाइ छ । जेसिबी  सडकदेखि ५ सय मिटर तल खसेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको  नेतृत्वमा  ५ जनाको टोली पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update